प्रदेश सरकार, कार्य विभाजन नियमावली २०७४ ले यस निर्देशनालयबाट सम्पादन हुने भनी निर्धारण गरेको कार्य जिम्मेवारी

  • प्रादेशिक कृषि सम्बन्धी नीति नियम तथा व्यावसायिक योजना तर्जुमा, कार्यान्वयन गर्ने तथा सोमा आवश्यक सहयोग गर्ने।
  • मातहत कार्यालयहरुको प्रभावकारी सञ्चालनका लागि प्रशासनिक र प्राविधिक निर्देशन, अनुगमन, निरीक्षण, प्राविधिक पृष्ठपोषण गर्ने।
  • खाद्य सुरक्षाको अवस्थाको अनुगमन तथा विश्लेषण गरी प्रदेश सरकारलाई पृष्ठपोषण गर्ने तथा खाद्य सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण बालीको पहिचान गरी विकास एवं प्रवर्द्धन गर्ने।
  • पोष्टहार्भेष्ट व्यवस्थापन, बाली संरक्षण तथा व्यावसायिक कीट विकास, बजार तथा अन्य कृषि पूर्वाधार विकास, कृषि यान्त्रिकरण नीति तर्जुमा तथा कार्यान्वयन गर्ने।
  • प्रदेशस्तरको कृषि सम्बन्धी तथ्याङ्क संकलन एवं अद्यावधिक गर्ने।
  • कृषि उत्पादन सामाग्रीको आपूर्ति स्थितिको नियमित अनुगमन गर्ने तथा गुणस्तर नियन्त्रण गर्ने कार्यमा आवश्यक सहयोग गर्ने।
  • कृषि प्रसार कार्यमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग प्रवर्द्धन सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने।
  • प्रदेशस्तरमा माटोको उर्वराशक्ति नक्शा तयार गरी सोको आधारमा माटो सुधार सम्बन्धी नीति, योजना तर्जुमा गर्ने।
  • प्रदेशमा सञ्चालन हुने संघीय कृषि विकास कार्यक्रमको संयोजन र समन्वय गर्ने।
  • प्रदेश कृषि विकासमा संलग्न निकायहरुबिच समन्वय र सहकार्य गर्ने।
  • प्रदेशस्तरमा कृषि प्रविधि विस्तार कार्यको समन्वय तथा सहकार्य गर्ने।
  • प्रदेशस्तरमा कृषि प्रसार, कृषि शिक्षा र कृषि अनुसन्धान सम्बद्ध निकायहरुबिच कार्यमूलक सम्बन्ध स्थापित गराउने।
  • प्रदेशस्तरमा गुणस्तरीय श्रोत बीउ उत्पादन तथा व्यवस्थापनमा आवश्यक सहयोग गर्ने।
  • कृषि क्षेत्रसँग ऐन, कानून, नीति तथा नियमले सृजना गरेका कानूनी दायित्वहरु निर्वाह गर्ने तथा सहयोग गर्ने।
  • प्रदेशस्तरमा कार्यरत कृषि जनशक्तिको क्षमता विकासका लागि नीति तथा योजना तर्जूमा गर्ने।
  • कृषि क्षेत्रको संघीय तथा प्रादेशिक नीति, मापदण्ड कार्यान्वयन तथा पृष्ठपोषण गर्ने।