कृषि विकास निर्देशनालय, कोशी प्रदेशको आधिकारीक वेब पेजमा स्वागत छ। नेपालको संविधान २०७२ को धारा ३०२ (१) मा प्रदेश र स्थानीय तहमा सेवा प्रवाह गर्न नेपाल सरकारले आवश्यक व्यवस्था गर्न सक्ने व्यवस्था रहेको सन्दर्भमा कर्मचारी समायोजन ऐन २०७४ दफा ४ (१,२) मा संगठन तथा व्यवस्थापन सर्भेक्षण समितिबाट संविधानका अनुसूची ५,६,७,८ तथा ९ मा उल्लेख अधिकार सूचीको कार्यजिम्मेवारी विस्तृतीकरणमा आधारित रही प्रदेश सरकार, साबिकको प्रदेश नं १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगत निकाय संगठन संरचना २०७५/३/२६ मा नेपाल सरकार मन्त्रीपरिषदबाट स्वीकृत भएको र सो अनुसार साबिकको प्रदेश नं १ तथा हालको कोशी प्रदेशको राजधानी विराटनगरमा साबिकको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय तथा हालको उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालय २०७५ असोज ०८ गते औपचारीक रुपमा साबिकको प्रदेश नं १ को मुख्यमन्त्री माननीय शेरधन राई ज्युबाट समुद्घाटन भई निर्वाहमुखि कृषि प्रणालीलाई यान्त्रिकरण, व्यवसायिकरण र बजारीकरणको माध्यमबाट व्यावसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रुपान्तरण गरी कोशी प्रदेशका कृषकको जीवनस्तरमा सुधार ल्याउन तथा कृषि क्षेत्रको दिगो विकास गर्ने उद्देश्यका साथ क्रियाशील रहँदै आएको छ ।