
पृष्ठभूमि
बाली तथा पशुपालन व्यावसायमा भएका जोखिम तथा अनिश्चितता कम गरी कृषकहरुलाई कृषि व्यवसायतर्फ उन्मुख गर्न र कृषि क्षेत्रमा निजी, सरकारी तथा वित्तीय संस्थाहरुको लगानी बढाउन र लगानी सुरक्षित गर्न अति आवश्यक देखिन्छ । अतः यस विषयलाई सम्बोधन गर्न “नेपाल सरकारको शासकीय तथा आर्थिक सुधारको तत्कालिन कार्ययोजना, २०६९” कृषि क्षेत्र विकास सम्बन्धी बुँदा नं. ११ मा माछा, पशुपंक्षी र कृषि उपजको व्यावसायिक उत्पादनमा रहेको जोखिमको बीमा गरिदिने र बाली तथा पशुपंक्षी बीमा गर्दा लाग्ने बीमा शुल्क (प्रिमियम) मा नेपाल सरकारले तोकेको अनुदान समेत प्रदान गर्ने व्यवस्था रहेको छ ।
बाली बीमा परिचयः
कृषकहरुले बालीहरुको खेती गर्ने क्रममा विभिन्न कारणहरुले बालीहरुको हानी–नोक्सानी हुने अवस्था आउन सक्दछ, जसले गर्दा कृषि बाली उत्पादन गर्ने कृषक, समूह, सहकारी तथा व्यावसायिक संस्थाहरुलाई आर्थिक क्षति व्यहोर्न पर्ने हुन्छ । अतः खेती गरिएको बालीहरुको विभिन्न कारणहरुबाट हुने हानी नोक्सानीबाट हुने आर्थिक क्षतिको निराकरण का लागि गर्ने बीमालाई बाली बीमा भनिन्छ । बाली बीमा निर्जिवन बीमा अन्तर्गत पर्दछ । नेपालमा २०६९ साल माघ १ गते देखि संचालनमा रहेको बाली बीमालाई औपचारिक तथा कानुनी रुपमा लिइन्छ । नेपाल सरकारको निर्णय अनुसार कृषि बीमा गर्दा लाग्ने बीमा शुल्कको ७५% (पचहत्तर प्रतिशत) अनुदान रकम नेपाल सरकारले उपलब्ध गराउने व्यवस्था रहेको छ । उदाहरणको लागि ः मानौ ५ रोपनी जग्गामा तरकारी खेती गरी बीमा गर्दा १ लाख रुपैयाँ बराबरको बीमाङ्क रकम (बीमा गर्ने रकम) कायम हुन्छ । यस अवस्थामा बीमा शुल्क १ लाख बीमाङ्क रकमको ५%ले हुने रकम रु ५०००/ हुन आउँछ । यसमा नेपाल सरकारले बीमा शुल्कमा ७५% अनुदानको व्यवस्था गरेको हुँदा रु ५०००/ को ७५% को दरले हुन आउने रु ३७५०/ ब्यहोर्ने र बाँकी २५% ले हुन आउने रकम रु १२५०/ सम्बन्धित कृषक (बिमित) ले बीमा कम्पनीलाई तिरेर बाली बीमा गरिन्छ ।
बाली बीमा सम्बन्धी ऐन, नियमावली, निर्देशिका तथा दस्तावेजहरु
- बीमा ऐन, २०४९ बीमा नियमावली,
- २०४९ वाली तथा पशुपन्छी बीमा निर्देशन,
- २०६० वाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने निर्देशिका,
- २०७० बिभिन्न आ.व.को अर्थ मन्त्रालयको बजेट बक्तब्य बीमा समितिबाट जारी भएका विभिन्न
वालीहरुको बीमालेखहरु बाली बीमा सम्बन्धी निकाय तथा सरोकारवाला
१. केन्द्रीय स्तर: अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विभाग बीमा समिति निर्जिवन बीमा कम्पनीका केन्द्रीय कार्यालयहरु
२. प्रदेश स्तर: भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय कृषि ज्ञान केन्द्रहरु निर्जिवन बीमा कम्पनीका क्षेत्रीय कार्यालयहरु
३. स्थानीय निकाय: महा/उप/नगर/गाउँपालिका र वडा कार्यालयहरु कृषक/कृषक समूह/सहकारी संस्था/व्यवसायिक कृषि फार्महरु/गै.स.स.र वित्तीय संस्थाहरु कृषि प्राविधिक तथा वाली बीमा अभिकर्ताहरु निर्जीवन बीमा कम्पनीहरु
बाली बीमाका प्रकार र बीमा शुल्क :
बीमा समितिद्वारा हालसम्म जारी भएका बाली बीमाका बीमालेखहरु यस प्रकार रहेका छन् । यस बाहेक अन्य बालीहरुको बीमा लेखहरु बीमा समितिद्वारा क्रमशः तयार गरी कार्यान्वयनमा ल्याउने गरिएको छ ।
क्र.सं
वर्गिकरण
बीमा लेख
प्रकार बीमा
शुल्क
१
बाली बीमा
तरकारी बाली बीमा लेख
उत्पादनमा आधारित
बीमाङ्कको ७% (प्रति बाली)
२
बाली बीमा
तरकारी बीमा लेख
लागतमा आधारित
बीमाङ्कको ५% (प्रति बाली)
३
बाली बीमा
अन्नबाली बीमा लेख
उत्पादनमा आधारित(बीज बृद्धी,चैते धान)
बीमाङ्कको ५% (प्रति बाली)
४
बाली बीमा
अन्नबाली बीमा लेख
लागतमा आधारित (खायन अन्नबाली)
बीमाङ्कको ५% (प्रति बाली)
५
बाली बीमा
मसलाबाली बीमा लेख
उत्पादनमा आधारित (अदुवा )
बीमाङ्कको ७% (प्रति बाली)
६
बाली बीमा
मसलाबाली बीमा लेख
उत्पादनमा आधारित (बेसार)
बीमाङ्कको ५% (प्रति बाली)
७
बाली बीमा
फलफूल बाली बीमा लेख
लेख लागतमा आधारित (केरा)
बीमाङ्कको ५% (प्रति बाली)
८
बाली बीमा
फलफूल बाली बीमा लेख
उत्पादन,लागत वा दुबैमा आधारित (सुन्तला, जुनार,कागती)
बीमाङ्कको ५% (प्रति बाली)
९
बाली बीमा
फलफूल बाली बीमा लेख
उत्पादनमा आधारित मौसम सुचाङ्क बीमालेख (स्याउ)
बीमाङ्कको ८% (प्रति बाली)
१०
बाली बीमा
फलफूल बाली बीमा लेख
लागतमा आधारित
बीमाङ्कको ५% (प्रति बाली)
११
बाली बीमा
उखु बाली बीमा लेख
लागतमा आधारित
बीमाङ्कको ५% (प्रति बाली)
१२
बाली बीमा
चिया तथा कफी बाली बीमा लेख
उत्पादन,लागत वा दुबैमा आधारित
बीमाङ्कको ५% (प्रति बाली)
१३
बाली बीमा
अलैंची बाली बीमा लेख
लागतमा आधारित
बीमाङ्कको ५% (प्रति बाली)
१४
बाली बीमा
च्याउ खेती बीमालेख
लागतमा आधारित
बीमाङ्कको ५% (प्रति बाली)
१५
पशु वीमा
विभिन्न पशुहरुको बीमालेख
लागतमा आधारित
बीमाङ्कको ५% (प्रति बाली)
१६
पन्छीबीमा
ब्रोइलर कुखुरा बीमालेख
लागतमा आधारित
बीमाङ्कको १.२५% (प्रति ब्याच)
१७
पन्छीबीमा
लेयर्स र प्यारेन्ट र हाँस बीमालेख
लागतमा आधारित
बीमाङ्कको ५% (प्रति ब्याच)
१८
पन्छीबीमा
अष्ट्रिच बीमा लेख
लागतमा आधारित
बीमाङ्कको २% (प्रति ब्याच)
१९
अन्य
माछा बीमा लेख
लागतमा आधारित
बीमाङ्कको २%
२०
अन्य
मौरी बीमा लेख
लागतमा आधारित
बीमाङ्कको ५% प्रति घार
बाली बीमा कसरी र को मार्फत गर्ने
बीमकले (बीमा कम्पनी) बीमा अभिकर्ता तथा प्रचलित कानून बमोजिमको व्यक्ति, संगठित संस्था, सहकारी, समूह आदि मार्फत बाली बीमा गराउन सक्नेछन ।
बीमा गर्ने प्रक्रिया
बाली बीमाबारे आम नागरिकहरुलाई सचारका विभिन्न माध्यम तथा कृषक तालिम, गोष्ठी तथा अन्तरक्रिया जस्ता कृषि प्रसारका माध्यमबाट बाली बीमाका मुलभूत सूचनाहरु जानकारी गराउनु पर्दछ । बाली बीमा गर्ने प्रक्रिया यस प्रकार रहेको छ:
१. बीमित (कृषक)ले बीमा प्रस्ताव पेश गर्ने
बाली बीमा गर्न ईच्छुक कृषकहरुले बीमा समितिद्वारा तयार गरिएको सम्बन्धित बालीको बीमा प्रस्ताव फारम बीमा कम्पनीबाट प्राप्त गरी सो प्रस्ताव फारममा सोधिएका तथा माग गरिएका जानकारीहरुको सत्य तथ्य रुपमा भरी आफ्नो अभिकर्ता मार्फत वा सिधै बीमा कम्पनीमा बुझाउनु पर्नेछ ।
२. कृषि प्राविधिकको मूल्याङ्कन प्रमाणपत्र (प्रतिवेदन) संलग्न गर्नुपर्ने
बिमीतद्वारा पेश गरिएको बाली बीमाको प्रस्ताव फारम बीमा कम्पनी, अभिकर्ता वा कृषकले सो प्रस्ताव फारममा उल्लेख गरेका प्राबिधिक पक्षको मूल्याङ्कन गर्न कृषि प्राबिधिकहरुलाई उपलब्ध गराउनु पर्दछ । कृषि प्राबिधिकले प्राप्त बीमा प्रस्ताव उपर मूल्याङ्कन गर्दा सोधिएका प्रश्नको उत्तर यथार्थ रुपमा दिनु पर्दछ । बीमाङ्क रकम सम्बन्धी सोधिएको प्रश्नको उत्तर दिँदा प्राबिधिकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको औषत उत्पादन लागत साविकको बजार अनुसन्धान तथा तथ्याङ्क व्यबस्थापन कार्यक्रमबाट तयार गरिएको विभिन्न बालीहरुको लागतको अधिनमा रही (www.mrsmp.gov.np) लागत तयार गर्नु पर्दछ । यसै प्रकारले उत्पादनमा आधारित बाली बीमाको बीमाङ्क रकम बीमा लेखमा रहेको प्रावधान अनुसार गर्नु पर्दछ ।
३. बीमकले (बीमा कम्पनी) बीमालेख जारी गर्ने
बीमित (कृषक)द्वारा बीमा प्रस्ताव फारम पेश गरी कृषि प्राविधिकद्वारा बीमाको प्रस्ताव उपर मूल्याङ्कन गरी प्राविधिक मूल्याङ्कन तथा प्रस्तावित बीमाङ्क रकम कायम गरे पश्चात बीमा कम्पनीले सम्बन्धित बालीको बीमा गर्दा लाग्ने बीमा शुल्क एकिन गरी जम्मा बीमा शुल्कको २५% सम्बन्धित बिमित (कृषक) द्वारा प्राप्त गरी बीमालेख जारी गरी बीमा गरिन्छ । बाँकी रहेको ७५% बीमा शुल्क नेपाल सरकारबाट प्रक्रियागत रुपमा सम्बन्धित बीमा कम्पनीलाई बीमा अनुदानको रकम उपलब्ध गराइन्छ ।
बाली बीमामा प्राप्त हुने दाबी रकम
बीमा गरिएको बालीको बीमा अवधिभित्र बीमा लेखले रक्षावरण गर्ने जोखिमहरुबाट क्षति भएमा क्षतिको प्रकृति अनुसार बीमा कम्पनीले दाबी रकम सम्बन्धित बीमितलाई भुक्तानी गर्नेछ । बाली बीमामा पूर्णक्षति र आंशिक क्षति गरी दुई किसिमका दाबी व्यवस्था रहेको छ । पूर्णक्षतिको अवस्थामा बीमाङ्क रकमको नब्बे प्रतिशत सम्म दाबी भुक्तानी प्राप्त हुन्छ भने आंशिक क्षतिको हकमा कृषि प्राविधिद्वारा बालीको क्षति मूल्याङ्कन गरी वास्तविक क्षतिको दाबी रकम उपलब्ध गराउने व्यवस्था रहेको छ । बीमकले दाबी सम्बन्धी आवश्यक कागजात प्राप्त गरेको ३० दिनभित्र दाबी रकम बीमितलाई उपलब्ध गराउनु पर्दछ । यदि दाबी रकम दिन नपर्ने भएमा बीमकले बीमितलाई स्पष्ट कारण सहित लिखित जानकारी गराउनु पर्दछ ।
बाली बीमामा दाबी रकम प्राप्त गर्ने प्रक्रिया :
बाली बीमामा सम्बन्धित बालीको बीमा लेखले रक्षावरण गरेको जोखिमहरुबाट हानी नोक्सानी भएमा दाबी रकम प्राप्त गर्न वा बीमालेखमा तोकिएकोअवधि (समान्यतया १५ दिन) भित्र बीमित (कृषक)ले बीमक समक्ष बीमा दाबीका लागि चाहिने निम्न कागजातहरु पेश गर्नु पर्दछ ।
१. सक्कल बीमालेख (आंशिक क्षतिको अवस्थामा बीमा लेखको प्रतिलिपी)
२. पूर्णरुपले भरिएको दाबी फारम
३. कृषि प्राविधिकको वाली क्षति सम्बन्धी प्रतिवेदन
४. सम्बन्धित महा/उप/नगर वा गाउँपालिका वा वडा कार्यालय वा कम्तिमा नजिकको दुईजना छिमेकी/संधियारको सर्जमिन मुचुल्का
५. बीमालेखले माग गरेको अवस्थामा वालीहरुको क्षति भएको तस्वीर (विशेष गरी उत्पादनमा आधारित बीमालेखमा)
प्रदेश नं. १ मा बीमासँग सम्बन्धित कम्पनी विवरण
क्र.सं
बिमा कम्पनी
जिल्ला
सम्पर्क व्यक्तिको नाम
तोकिएको सम्पर्क नं.
१
ओरिएण्टल ई.क.लि.
तेह्रथुम र धनकुटा
श्री अर्जुन ढुंगाना
९८५२०५३२००
सुनसरी
प्रदीप बाबु तिवारी
९८५२०२१७६०
२
नेको ई.क.लि
ताप्लेजुङ्ग
श्री सर्वज्ञ खतिवडा
९८०१८२१०८६
पाँचथर
श्री चन्द्रप्रसाद बाँस्कोटा
९८६२१६०४८०
इलाम
. श्री मिलन सुवेदी
९८०१८२१०३२
झापा –बिर्तामोड
श्री सुमन पोद्दार
९८०१८२१०५३
झापा –दमक
श्री गणेश बहादुर खत्री
९८०१८२१०५६
३
लुम्बिनी जनरल ई.क.लि.
संखुवासभा
श्री दिपक पोख्रेल
९८४२२१५५२०
उदयपुर
श्री सुदिप चौधरी
९८५१२०६२७६
भोजपुर
श्री सन्तोष तिवारी
९८५२०६२०७५
खोटाङ्ग
श्री बाबुराम आचार्य
९८५२८४६०६२
४
आई. एम. ई. जनरल इ.लि.
ओखलढुङ्गा
श्री खुर हरि दाहाल
९८४११४१२०१
सोलुखुम्बु
श्री खगेन्द्र वन
९८१५७६०२३८/ ९८५१२७३७५५
५
श्री सानिमा जनरल ई.क. लि
मोरङ
श्री रामकाजी पौडेल
९८०७००८३१२/ ९८४४४६६५४३
निष्कर्ष :
नेपाल सरकारद्वारा समग्र नेपाली कृषकहरुको हित तथा कृषि विकासलाई गति दिन ल्याइएको बाली तथा पशुपन्छी बीमालाई कृषि विकासको सकारात्मक कार्यक्रमको रुपमा लिन सकिन्छ । बाली तथा पशुपन्छी बीमाको आकडालाई बिश्लेषण गर्दा हरेक वर्षहरुमा यसको दायरा बढिरहेको छ । यस बीमालाई अझ सरल र सहज किसिमले कृषक समुदायमा पु¥याउनु पर्ने देखिन्छ । यसको लागि नीतिगत रुपमा सुधार गर्नुपर्ने भएमा त्यसतर्फ सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने, विभिन्न बालीहरुको बीमा लेख तयार तथा सुधार, बाली बीमाको प्रचार–प्रसार, तालिम जस्ता क्रियाकलापहरु तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने देखिन्छ । अतः यस बीमाको दायरा बढाउन र प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन यसका विभिन्न सरोकारवालाहरुको आ–आफ्नो स्थानमा महत्वपूर्ण भूमिका रहेको देखिन्छ ।
सन्दर्भ सामग्री :
बाली तथापशुपन्छी बीमा निर्देशन, २०६०
बाली तथा पशुपन्छी बीमा, ऐन नियम संगालो, २०७०, कृषि विकास मन्त्रालय, कृषि सूचना तथा संचार केन्द्र, हरिहरभवन, ललितपुर
बीमा चिनारी, संस्करण ः २०६८, बीमा समिति, चाबहिल, काठमाडौँ
बाली तथा पशुपन्छी बीमा, लिफलेट, २०७४, कृषि बिभाग, ललितपुर बाली तथा पशुपन्छी बीमा प्रगति, २०७४, बीमा समिति, कुपण्डोल, ललितपुर
बाली तथा पशपुन्छीसम्बन्धी बीमासमितिद्वाराजारी भएका बीमालखे हरु