सोधसार (Abstract)
सूर्यमुखी एक बहु फाईदाजनक गुण भएको तेलहन बाली हो । यसको उत्पादनमा विभिन्न व्यवस्थापकीय तत्वहरुले असर गर्दछ । सूर्यमुखीमा बीउदर र लगाउने विधिको असरको अध्ययन गर्न सन् २०१९ मा कैलाली जिल्लामा यो अनसुन्धान गरिएकोथियो। स्थानीय जातको सूर्यमुखीको प्रयोग गरिएको यस अनुसन्धानमा तीनवटा बीउदर (८ के. जी. प्रति हेक्टर, १० के. जी. प्रति हेक्टर र १२ के. जी. प्रति हेक्टर) र तीनवटा लगाउने विधि (छर्ने, लाईनमा लगाउने र ड्याङ्गमा लगाउने) मिलाएर जम्मा नौवटा treatments थिए । यस अनुसन्धानको नतिजा अनुसार सूर्यमुखीको फुलको तौल, दानाको तौल र तेल प्रति फूलमा बीउ दर र लगाउने विधि दुवैको प्रत्यक्ष प्रभाव देखियो भने बिरुवाको उचाई र पातको संख्यामा केवल बीउ दरको प्रत्यक्ष प्रभाव देखियो । सबैभन्दा बढी तौल भएको फूल ८ के. जी. प्रति हेक्टरमा (८९.०२ ग्राम), त्यसपछि १० के. जी. प्रति हेक्टरमा (८३.७२ ग्राम) र सबभन्दा कम तौल १२ के. जी. प्रति हेक्टरमा (७६.७१ ग्राम) देखिएको थियो । बीउदर र लगाउने विधिको अन्तरक्रियात्मक असर पनि सूर्यमुखीको फूलको तौलमा देखियो । जस अनुसार, सबैभन्दा बढी तौल भएको फूल (१०२.४३ग्राम) ड्याङ्ग विधिमा ८ के.जी प्रति हेक्टरको दरले लगाउँदा पाइयो । अधिकतम तेल प्रति फूल भने ८ के.जी प्रति हेक्टर बीउ दर (८.९११ मि.लि) र ड्याङ्ग विधिमा (९.१५६ मि.लि) लगाइएका बिरुवामा प्राप्त भयो ।
Keywords सूर्यमुखी, बीउदर, लगाउने विधि, तेल
परिचय
नेपालमा सूर्यमुखी खेतीका निम्ति अनुकूल हावापानी भएतापनि यसको उत्पादकत्व २.२३८ टन प्रति हे. (कृषि तथ्याङक शाखा, २०७४–७५) मात्र रहेको छ । सूर्यमुखीलाई सामान्यतया वर्षैभरि, प्रमुख अथवा घुसुवा बालीको रुपमा लगाई मनग्य आम्दानी गर्न सकिन्छ । यद्यपि हाम्रो देशमा सूर्यमुखी खेती गर्ने किसानले सन्तोषजनक लाभ लिन सकिरहेका छैनन् । उचित खेती प्रविधिको ज्ञानको कमी र नेपाल सरकारको प्राथमिकतामा नपर्नु, यसको कम उत्पादकत्वका प्रमुख कारणहरु हुन् । नेपालको विभिन्न भू–भागमा लोकल तथा हाइब्रिड नामक सूर्यमुखीका जातहरु लगाउँदै आए पनि आजसम्म सिफारिस गरिएको कुनै निश्चित जात भने छैन । भौगोलिक विविधताले भरिपूर्ण नेपालको पूर्वदेखि पश्चिमसम्म माटो र हावापानीमा पूर्णरुपमा भिन्नता पाइन्छ । अतः सूर्यमुखी खेतीको खेती प्रविधिमा पनि भिन्न ठाउँ तथा हावापानीमा अलग अलग खेती प्रविधि हुनुपर्ने अवस्थामा एउटै किसिमको खेती प्रविधि अवलम्बन गरिदै आइएको छ । यसका साथै दक्ष जनशक्तिको अभाव, अनुचित बीउदर र उपयुक्त लगाउने विधि सम्बन्धी ज्ञानको कमी र तेल निकाल्ने आधुनिक मेसिनको अभाव कम उत्पादनका मुख्य कारणहरु हुन् । आवश्यक बीउदर भन्दा बढी प्रयोग गर्नाले बीउ खरिदमा लागत बढ्ने, फूलहरु साना भइ उत्पादनमा कमी आउने र तेलको मात्रा घट्ने गरेको छ ।
त्यस्तै कम बीउदरले गर्दा उत्पादन गर्न सकिने भन्दा कम उत्पादन भएको छ । यसका साथै उपयुक्त लगाउने विधिको चेतना र प्रयोगको अभावले बीउको बढी प्रयोग भएको तर उत्पादनमा निकै ह्रास आएर तेलको मात्रामा प्रतिकूल असर परेको छ । सूर्यमुखी एक छोटो अवधिको, day neutral बिरुवा भएकोले प्रदेश १ को तराई एवं पहाडि जिल्लाहरुमा यसको खेती बिस्तार गरि व्यापक नाफा लिन सकिन्छ । यसको तेलमा रहेको बलतष्(anti-cholesterol) गुण मानव स्वास्थयको लागि धेरै फाईदाजनक हुन्छ (Brar, Mahal, Saini, & Brar, 2015)। यसर्थ विभिन्न हावापानी र जमिनमा अनुसन्धान मार्फत उचित बीउदरको निर्धारण र फाइदाजनक लगाउने विधिको पहिचान गरि किसान समक्ष प्रस्ट पार्नु नितान्त आवश्यक छ ।
उद्देश्य
कैलाली जिल्लाको सन्दर्भमा, तेलहन जोनको स्थापना सँगसँगै सूर्यमुखी खेतीप्रति कृषकहरु आकर्षित हुँदै आएका छन् । सूर्यमुखीप्रति आकर्षण बढेतापनि लगाउने विधि र बीउदरको अनविज्ञताले गर्दा हरेक पटक यस खेतीबाट प्रयाप्त फाइदा लिन भने सकेका छैनन् । यस कुरालाई मध्यनजर गर्दै, किसानहरुको खेतमा किसानहरुकै प्रत्यक्ष सहभागिता र निरीक्षणमा सूर्यमुखीको उचित बीउदर र उपयुक्त लगाउने विधिको जानकारी प्रभावकारी रुपमा दिन यो अनुसन्धान गरिएको हो । यस अनुसन्धानको मुख्य उद्देश्य उचित बीउदर (seed rate) र उपयुक्त लगाउने विधि (sowing method) किसानसामु प्रष्ट पार्ने र प्रत्यक्ष सिकाउने हो । बीउदर र लगाउने विधि बाहेक सम्पूर्ण कृषि कार्यहरु अनुसन्धान खेतमा समान रुपमा प्रदान गरिएको हो ।
पद्धति
यो अनुसन्धान वि.सं. २०७५ साल माघ देखि वि. सं.२०७६ साल वैशाखसम्म घोडाघाडी नगरपालिका वडा न. २, साँडेपानी, कैलालीमा सञ्चालन गरिएको थियो । यस समयमा अनुसन्धान गरिएको खेतमा वातावरणको अधिकतम् तापक्रम ३५ डि.से. र न्यूनतम तापक्रम २५ डि.से. थियो । बलौटे दोमट र अम्लीयपना बढी भएको उक्त माटो खैरो रंगको थियो । ३×३ आर.सी.बी. डी. डिजाइनमा गरिएको अनुसन्धानमा ६ वर्ग मिटर क्षेत्रफल भएका स–साना प्लटहरु थिए । प्रत्येक प्लटहरुको बीचमा ३० से.मि. दुरी कायम गरिएको थियो । स्थानीय जातको सूर्यमुखिको प्रयोग गरिएको यस अनुसन्धानमा तीनवटा बीउदर (८ के. जी. प्रति हेक्टर, १० के. जी. प्रति हेक्टर र १२ के. जी. प्रति हेक्टर) र तीनवटा लगाउने विधि ( छर्ने, लाइनमा लगाउने र ड्याङ्गमा लगाउने) मिलाएर जम्मा नौवटा treatments थिए । हरेक treatment लाई तीनपटक replicate गरि जम्मा २७ वटा प्लटहरुमा समेटिइएको थियो । यसरी हरेक प्लटमा उम्रिएका बिरुवाहरु मध्ये प्लटको भित्री भागबाट १० वटा बिरुवाहरुबाट डाटा संकलन गर्न भनि नमूना बिरुवाका अनियमित रुपमा छानिएका थिए । यो अनुसन्धान कृषि तथा वन विज्ञान विश्वविद्यालय नेपाल र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, तेल जोन, कैलालीको समन्वयमा गरिएको हो ।
नतिजा
बिरुवाको उचाइ (plant height) हरेक प्लटमा रहेका नमुना बोटहरुको उचाइ बीउ रोपेको ६० दिन, ७५ दिन र ९० दिनपछि तीनपटक नापिएको थियो । बिरुवाको उचाइमा बीउदरको प्रत्यक्ष असर परेको थियो भने लगाउने विधिको असर परेको थिएन । यसरी नाप्दा हरेक पटक ८ के.जी. प्रति हेक्टर बीउदरमा सबैभन्दा होचा (९० दिनमाः १४०.३ से.मी.) र १२ के.जी. प्रति हेक्टर बीउ दरमा सबैभन्दा अग्ला बिरुवाहरु (९० दिनमाः १५७ से.मी.) भेटिएका थिए । बिरुवाको संख्या बढेसँगै सूर्यको प्रकाशलगायत अन्य तत्वको लागि हुने प्रतिस्पर्धाले उचाईमा वृद्धि भएको हुन सक्छ । जसले के स्पष्ट पार्छ भने बीउदर वृद्धि गर्दा बिरुवाहरुको उचाइ पनि बढ्दै जान्छ तर लगाउने विधि जुनसुकै अपनाइएपनि उचाइमा कुनै असर पर्दैन । Ibrahim M(2012)/Bindu, Sharma, Manan, & Singh -2017) हरुले पनि यस्तै खालको नतिजा भेटाएका थिए ।
Table 1. Effect of seed rate and sowing method on plant height, leaf number, head weight, grain weight/head and oil/head of sunower
Treatments
Plant height
Leaf Number
Head
weight
Grain
weight/head
Oil/head
(ml)
60 DAS
75 DAS
90 DAS
60 DAS
75 DAS
90 DAS
Seed Rates
S3 (12 Kg/ha)
96.64a
143.7a
157a
19.34
22.83
17.94
76.71c
23.7c
8.389b
S2 (10 Kg/ha)
80.36b
137.8b
147.1b
21.71
24.31
18.07
83.72b
30.19b
8.944a
S1 (8 Kg/ha)
71.63c
130.9c
140.3c
21.7
22.9
17.67
89.02a
37.99a
8.911a
LSD0.05
8.51***
3.6***
4.86***
NS
NS
NS
0.892***
1.219***
0.1613***
Sowing Methods
M3 (Ridge)
78.41
136.5
146.2
19.83
23
16.3
94.57a
38.19a
9.156a
M2 (Line)
81.71
136.7
146.7
20.36
22.78
17.62
79.36b
28.83b
8.867b
M1 (Broadcasting)
88.5
139.1
151.6
22.57
24.27
19.76
75.53c
24.86c
8.222c
LSD0.05
NS
NS
NS
NS
NS
NS
2.996***
1.219***
0.1613***
Table 2. Interaction effect of seed rate and sowing method on head weight of sunower in Kailali, 2019
Seed rate
Sowing Methods
Head Weight (gm)
Ridge
Line
Broadcasting
S1 (8 Kg/ha)
102.43a
84.4b
80.23bcd
S2 (10 Kg/ha)
96a
82.67bc
72.5d
S3 (12 Kg/ha)
85.27b
71d
73.87cd
SEm(±)
1.731
LSD0.05
5.189
Means followed by different letters within column are signicantly different (***) based on DMRT at P = 0.05; LSD = Least significant difference, DAS=days after sowing, NS= Non-significant
पातको संख्या (Leaf Number)
नौवटै treatments मा पातको संख्या भने समान देखिएको थियो । बीउ रोपेको ६० दिन, ७५ दिन र ९० दिनपछि गरि तीनपटक बिरुवाको उचाइ नाप्ने समयमा पातको संख्या पनि गनिएको थियो । कुनै पनि प्लटमा पातसंख्यामा तात्विक भिन्नता देखिएन । यसर्थ, कुनै पनि लगाउने विधि वा बीउदरले पातको संख्यामा कुनै तात्विक असर नपरेक प्रष्ट देखियो ।
फूलको तौल (Head Weight)
सूर्यमुखी फूलमा भएका दाना पाकिसकेपछि फूललाई काटेर तौल लिइएको थियो । बीउदर र लगाउने विधि दुवैको प्रत्यक्ष असर फूलको तौलमा देखिएको थियो । सबैभन्दा बढी तौल भएको फूल ८ के.जी. प्रति हेक्टरमा (८९.०२ ग्राम), त्यसपछि १० के. जी. प्रति हेक्टरमा ( ८३.७२ ग्राम) र अन्तिममा सबभन्दा कम तौल १२ के.जी. प्रति हेक्टरमा (७६.७१ ग्राम) देखिएको थियो । त्यस्तै, सबैभन्दा बढी तौल भएको फूल ड्याङ्गमा लगाइएको बिरुवामा (९४.५७ ग्राम) देखिएको थियो । सबैभन्दा कम तौल भएको फूल छरेर लगाएकोमा (७५.५३ ग्राम) देखिएको थियो भने लाईनमा लगाइएकोमा मध्यम तौलको ( ७९.३६ ग्राम) फूल देखिएको थियो ।
त्यस्तै, बीउदर र लगाउने विधिको अन्तरक्रियात्मक असर पनि सूर्यमुखीको फूलको तौलमा देखियो। जस अनुसार, सबैभन्दा बढी तौल भएको फूल (१०२.४३ ग्राम) ड्याङ्ग विधिमा ८ के.जी. प्रति हेक्टरको दरले लगाउँदा पाइयो भने सबै भन्दा कम तौल भएको फूल (७१ ग्राम) १२ के.जी. प्रति हेक्टरका दरले लाइनमा लगाइएको बिरुवामा पाइयो । बीउदर वृद्धि गरेसँगै बिरुवाहरुको बीचमा भएको प्रतिस्पर्धाको कारणले कम तौल भएका फूल लागेको हुन सक्दछ ।
दानाको तौल (Grain weight/head)
सूर्यमुखी फूल काटेर सुकाइसकेपछि हरेक फूलबाट दानाहरु झारी हरेक फूलमा भएका दानाहरुको अलग अलग तौल लिइएको थियो । यस अनुसन्धानमा बीउदर र लगाउने विधि दुवैले दानाको तौलमा प्रत्यक्ष प्रभाव पारेको देखियो । सबैभन्दा बढी दानाको तौल ८ के. जी. प्रति हेक्टर बीउदरमा (३७.९९ ग्राम), त्यसपश्चात १० के.जी. प्रति हेक्टरमा (३०.१९ ग्राम) र अन्तिममा १२ के.जी. प्रति हेक्टरमा (२३.७ ग्राम) देखिएको थियो । यसैगरी दानाको तौल लगाउने विधिको आधारमा हेर्दा ड्याङ्गमा, लाइनमा र छरेर लगाएकोमा क्रमशः ३८.१९ ग्राम, २८.८३ ग्राम र २४.८६ ग्राम देखिएको थियो । Jose, Barros, Carvalho, & Basch -(2003) ले पनि यस्तै खालको नतिजा पेश गरेका छन् ।
तेलको मात्रा(oil content)
दानाको तौल पश्चात, तेल निकाल्नको निम्ति, प्रत्येक प्लटको नमूना फूलमा भएका दानालाई मिसाएर २७ वटा भागमा राखिएको थियो । यसरी राखिएको दाना समूहलाई मेसिनबाट तेल निकालिएको थियो । यसरी निकालिएको तेलको मात्रालाई नाप्दा ८ के.जी. प्रति हेक्टर र १० के.जी. प्रति हेक्टर बीउदरको तेलको मात्रा क्रमशः ८.९११ र ८.९४४ एम. एल. प्रति फूल देखियो भने १२ के.जी. प्रति हेक्टर बीउदरको तेलको मात्रा भने सबैभन्दा कम ८.३८९ एम. एल. प्रति फूल देखियो । त्यसै गरेर लगाउने विधि मध्ये ड्याङ्ग, लाइन र छर्ने विधिमा तेलको मात्रा क्रमशः ९.१५६, ८.८६७ र ८.२२२ एम. एल. प्रति फूल पाइयो । Gulzar, Zar, & Hafeez (2000)को अनुसन्धानमा पनि ड्याङ्गमा लगाइएका फुलमा तेलको मात्रा समथर जमिनमा लगाईएकोमा भन्दा धेरै भएको पाइएको छ ।
निष्कर्ष
सूर्यमुखी तेलको उत्पादनमा बीउदर र लगाउने विधिले प्रत्यक्ष असर पार्ने गर्दछन् । उचित बीउदर र उपयुक्त लगाउने विधि अवलम्बन गरेर सूर्यमुखी तेलको उत्पादन वृद्धि गर्न सकिन्छ । धेरै बीउको प्रयोग गर्नाले धेरै उत्पादन हुने भन्ने कुरा नभई यसले बीउको खर्च बढ्ने, बिरुवाको उचाइ बढी, पाक्ने समयमा बिरुवा ढल्न गई समस्या निम्त्याउने, साना फूल लागी कम तौलका दाना हुने र फलस्वरुप कम तेल प्राप्त हुने हुदा धेरै बीउदर नभई उचित बीउदर प्रयोग गर्नु पर्दछ । त्यसै गरेर सजिलो लगाउने विधि भन्दा पनि उपयुक्त लगाउने विधिमा खेती गर्नु बुद्धिमानी हुन्छ । उपयुक्त विधिबाट रोप्दा, ठूला फूलहरु लाग्ने, प्रति फूल दानाको तौल बढी हुने, अन्ततः तेलकोमात्रा अरुकोतुलनामा एकदमैबढी हुने हुन्छ । यस अनुसन्धानको नतिजाले सुर्यमुखी बालीमा ८ के.जी. प्रति हेक्टर उचित बीउदर र ड्याङ्गमा लगाउँदा धेरै गुणात्मक र परिमाणात्मक फाईदा हुने देखियो । प्रदेश १ मा पनि बहुफाईदाजनक यस तेलहन बालिसँग सम्बन्धित अध्ययन, अनुसन्धान गरि उचित व्यवस्थापनको प्रसार गर्ने हो भने कृषकहरुले प्रशस्त लाभ लिन सक्दछन् ।
सन्दर्भ सामग्री
Bindu, Sharma, M., Manan, J., & Singh, G. (2017, October 10). Evaluation of different methods of sowing of sunfower at farmers' field in central plain zone of Punjab, India. International Journal of current microbiology and applied sciences.
Brar, J. S., Mahal, S. S., Saini, K. S., & Brar, N. S. (2015, 07 13). Response of sunfower yield to planting methods and irrigation schedules. Aricultural Research Communication Centre.
Gulzar, A., Zar, Q., & Hafeez, U. (2000). Effect of Different sowing methods on the performance of sunfower. Pakistan Jornal of Biological Sciences.
Ibrahim, H. M. (2012, July 23). Response of Some Sunower Hybrids to Different Levels of Plant Density. SciVerse Science Direct, 175-182.
Jose, F., Barros, A., Carvalho, M. d., & Basch, G. (2003). Response of Sunfower (Helianthus annuus L.) to sowing date and planting density under Mediterrnean conditions. European Journal of Agronomy, 21, 347-356