
परिचय
असल कृषि अभ्यास भनेको एक किसिमको कृषि उत्पादन पद्धति हो। हामीले उत्पादन गर्दै आइरहेको कृषि उपजलाई कसरी स्वस्थ्य उत्पादन गर्ने भन्ने कुरामा धेरै केन्द्रित हुन्छौं । जसमा गुणस्तरीय कृषि उत्पादनको लागि नियन्त्रण विन्दुहरुको प्रत्येक अवस्थामा पहिचान गरी निरीक्षण जाँचको मापदण्डहरु वा निर्देशिका तयार पारिन्छ र त्यसैको अनुशरण गरी गुणस्तरीय कृषि उपज उत्पादन र बजारीकरण गर्ने गरिन्छ । यो एक किसिमको पद्धति तथा मापदण्ड पनि भएकोले समय र आवश्यकता अनुरुप परिवर्तनशील हुन जरुरी छ । यस पद्धतिमा मानव स्वास्थ्य र वातावरणमा पर्न सक्ने नकारात्मक प्रभावहरुलाई न्यूनीकरण गर्ने प्रयास गरिन्छ । स्वस्थ कृषि उपजले मानव स्वास्थ्यलाई दिगो रुपमा स्वस्थ्य राख्ने र वातावरणलाई सुरक्षित राख्नको निम्ति असल कृषि अभ्यासले अपरिहार्य भूमिका निर्वाह गर्दछ । असल कृषि अभ्यासलाई पूर्णरुपमा अप्नाउने क्रममा माटो, पानी, रोग कीरा र मौसम परिवर्तन व्यवस्थापन, सामाजिक—आर्थिक सरोकारहरुमा उत्पादन लागत, मूल्य, आम्दानी र दिगो व्यवसाय विकासका पक्षहरुलाई समेट्ने गर्दछ ।
पृष्ठभूमि
असल कृषि अभ्यास (Good Agriculture Practice (GAP) सबैभन्दा पहिला सन् १९९७ मा यूरोपबाट सुरु भएको थियो । त्यसैगरी सन् २००३ बाट एफ.ए.ओले पनि न GAP लाई अनुशरण गर्यो । सन् २००७ मा ग्लोबल ग्याप Global GAP भन्ने आयो र सन् २०१४ मा SAARC GAP भनेर आयो । नेपालमा असल कृषि अभ्यास बारेमा पहिलादेखि नै कार्य हुँदै आएतापनि यसको निर्देशिका वि.स. २०७५/०६/१९ मा जारी भएको हुँदा त्यसै मितिलाई नै GAP को आधिकारिक मिति मान्ने गरिन्छ । अन्तर्राष्ट्रिय स्तरमा Global Gap कार्यान्वयनमा रहेको छ । एसियाका थुप्रै देशहरु र नेपालका छिमेकी देश चीन र भारतले पनि आवश्यकता र उत्पादनका व्यवधानहरुलाई आधार बनाई आ–आफ्ना राष्ट्रिय असल कृषि अभ्यासको मापदण्डहरु बनाई कार्यान्वयन गरिरहेका छन् । उदाहरणको लागि China GAP, IndiGAP, JGAP (Japan ) IndoGAP (Indonesia)आदिलाई लिन सकिन्छ । यो मापदण्ड अपनाई उत्पादन भएका गुणस्तरीय कृषि उपजहरुको अन्तर्राष्ट्रिय बजारमा ठूलो माग रहेकोले त्यस्ता कृषि उपजहरुको निकासीबाट ITO मुलुकहरुले ठूलो धनराशी आम्दनी गर्ने गरेका छन् । अर्कोतर्फ यी उपजहरु पर्यावरणीय र मानव स्वास्थ मैत्री भएकाले घरेलु बजारमा समेत माग बढ्दै गरेको पाइन्छ । यसर्थ असल कृषि अभ्यासले कृषि उत्पादनको प्रतिस्पर्धात्मकता वृद्धि गर्नुका साथै यसले दिगो कृषिलाईसमेत योगदान गर्दछ । नेपालमा पनि कृषि विकास मन्त्रायलद्वारा एफ.ए.ओको सहयोगमा बनाइएको SAARC GAP लाई आधार मानी Nepal GAP मापदण्ड तयार गरिएको छ ।
स्वदेशी तथा विदेशी उपभोक्ताहरुलाई स्वास्थ र सुरक्षित खाद्य तथा कृषिजन्य वस्तु उपलब्ध गराउन, दिगो कृषिलाई योगदान पुर्याउन र निर्यात प्रवद्र्धनका साथै आयात व्यवस्थापन गर्न असल कृषि अभ्यासको आवश्यकता महसुस भएकोले, राष्ट्रिय कृषि नीति २०६१, कृषि व्यवसाय प्रवद्र्धन नीति, २०६३ र संयुक्त राष्ट्र संघिय खाद्य तथा कृषि संगठनले सार्क क्षेत्रका लागि तयार गरेको असल कृषि अभ्यासलाई आधार मानी बिरुवा संरक्षण नियमावली, २०६६ को नियम २१ तथा खाद्य नियमावली, २०२७ को नियम ३३ (क) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले नेपाल असल कृषि अभ्यास (Nepal GAP) कार्यान्वयन निर्देशिका, २०७५ तयार गरेको छ । नेपाल असल कृषि अभ्यासका मापदण्ड अन्तर्गत खाद्य स्वच्छता मोड्युल, पर्यावरण व्यवस्थापन मोड्युल, उत्पादन गुणस्तर मोड्युल, कामदारको स्वास्थ, सुरक्षारहित मोड्युल, सामान्य आवश्यकता मोड्युल गरी पाँचवटा मोड्युलहरु रहेका छन् । उल्लेखित ५ वटा मोड्युलहरुमध्ये खाद्य स्वच्छता मोड्युल र सामान्य आवश्यकता मोड्युल अनिवार्य मापदण्डका रुपमा रहेका छन् भने अन्य मोड्युलहरु स्वेच्छिक छन् ।
असल कृषि अभ्यास प्रमाणीकरण तथा प्रमाणीकरण निकाय
आफ्नो कृषि उत्पादन प्रणालीलाई असल कृषि अभ्यास प्रमाणीकरण गरी उत्पादकले उत्पादित कृषि उपज निश्चित मापदण्डहरु पूरा गरी उत्पादन गरिएकोले स्वच्छ र सुरक्षित छ भन्ने कुरा उपभोक्ताहरुलाई सुनिश्चित गराउन सक्छ । असल कृषि अभ्यास प्रमाणीकरण गरिएको कृषि उपज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा सजिलै प्रतिस्पर्धा गरी उचित मुनाफा दिई कृषकको आय आर्जनमा समेत वृद्धि हुने भएकोले यसको महत्व दिनानुदिन बढ्दो छ । असल कृषि अभ्यास प्रमाणीकरण स्वेच्छिक प्रमाणीकरण मापदण्ड भएकोले कानुनि रुपमा सम्पूर्ण कृषकवर्ग असल कृषि अभ्यास प्रमाणीकरण गर्न बाध्य नभए पनि इच्छुक कृषक, कृषक समूह, सहकारी वा कम्पनीले आफ्नो कृषि उत्पादन प्रणालिको असल कृषि अभ्यास प्रमाणीकरण गर्न सक्ने छन् ।
प्रस्तावित नेपाल असल कृषि अभ्यास कार्यान्वयन निर्देशिका, २०७३ अनुसार वैधानिक अस्तित्व रहेका तथा उक्त निर्देशिकाको अनुसूची ७ बमोजिम पूर्व सर्तहरु पालना गर्ने संस्थाहरुलाई नेपाल असल कृषि अभ्यास प्रमाणीकरण निकायका रुपमा कार्य गर्न अनुमति दिन सकिनेछ । तत्कालको लागि प्रस्तावित निर्देशिका अनुसार नेपाल असल कृषि अभ्यास प्रमाणीकरण निकायको रुपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई तोकिएको छ । इच्छुक कृषक, कृषक समूह, सहकारी वा कम्पनीले आफ्नो कृषि उत्पादन प्रणालीको असल कृषि अभ्यास प्रमाणीकरणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा रहेको असल कृषि अभ्यास प्रमाणीकरण निकायमा प्रक्रिया बमोजिम आवेदन दिन सक्नेछन् । असल कृषि अभ्यास कार्यान्वयन निर्देशिका, २०७३ तथा उक्त निर्देशिका अन्तर्गत तयार गरिएको नेपाल असल कृषि अभ्यास प्रमाणीकरण योजना अनुरुप प्रक्रिया पूरा गरी नेपाल असल कृषि अभ्यास प्रमाणीकरण निकायका रुपमा कार्य गर्न अनुमति प्राप्त संस्थाहरुको सचिवालयको रुपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई तोकिएको छ ।
फाईदाहरु
- दिगो कृषि उत्पादनले सफा, स्वच्छ, ताजा, पोषिलो कृषि उपजहरु उत्पादन गरी बजार वृद्धि हुने साथै कृषि उत्पादनले राम्रो मूल्य प्राप्त गरी कृषकको आर्थिक अवस्थामा सुधार ल्याउने गर्दछ ।
- खेतबारीमा काम गर्ने व्यक्तिहरुको स्वास्थमा हुन सक्ने नकारात्मक असरहरुलाई न्यूनीकरण गर्ने गर्दछ ।
- स्वच्छ, सफा, ताजा तथा पोषिलो उत्पादनले उपभोक्ताहरुलाई खाद्य स्वच्छताको प्रत्याभूति गराउँदछ ।
- वतावरण तथा जैविक विविधता संरक्षण मार्फत पर्यावरणीय सुधार तथा संरक्षण हुन्छ ।
संचालन विधिहरु वा असल कृषि अभ्यासमा गर्नुपर्ने कार्यहरु
१) स्थलको ईतिहास तथा व्यवस्थापन (आफ्नो खेतबारी वा सँगैका खेतबारीमा लगाएको बालीमा प्रयोग भएको रासायन वा जैविक खतराहरुबाट बालीमा संक्रमण हुन सक्ने जोखिमहरुको मूल्यांकन अभिलेख तयार पार्नु पर्दछ । रसायन वा जैविक खतराहरुबाट बालीमा संक्रमण हुन सक्ने जोखिमहरुको व्यवस्थापनको लागि अपनाएको सुधारका कार्यहरुलाई लागू गर्नु पर्दछ ।
२) बीउ, बेर्ना आदि बस्तु आफ्नो खेतबारीमा लगाएका वा उत्पादन गरेका बीउ, बेर्नामा रसायनिक मल वा अन्य रसायनहरुको प्रयोग गरेका खण्डमा उक्त रसायनिक मल वा अन्य रसायनहरुको प्रयोग विधि, व्यापारिक नाम, मिति, सक्रीय घटक, प्रयोगकर्ताको नाम, प्रयोगको मात्रा आदिको अभिलेख राख्नु पर्दछ । अन्य फार्म वा नर्सरीबाट बीउ, बेर्ना ल्याएमा उक्त फार्म वा नर्सरीको विवरण तथा ल्याएको अभिलेख राख्नु पर्दछ ।
३) आनुवांशिक परिवर्तित जीव –आनुवांशिक परिवर्तित जीवको प्रयोगमा निषेध गरिएको छ तसर्थ आनुवांशिक परिवर्तित जीवको प्रयोग नभएको सुनिश्चिता गर्नु पर्दछ ।
४) मल तथा माटोमा प्रयोग हुने रसायनिक –मल तथा माटोमा प्रयोग हुने रसायनहरुको रासायनिक र जैविक जोखिमहरुको मूल्यांकन तथा पहिचान गर्ने र त्यसबाट हुन सक्ने संक्रमणलाई न्यूनीकरण गर्ने कदमहरु चाल्नु पर्दछ । माटो सुधारलाई प्रयोग गरी रसायन वा प्रांगारिक पदार्थहरुको जाँचको सिफारिस वा सम्बन्धित प्राविधिक संस्था वा निकायको सुझाव, प्रयोग गर्ने तरिका आदिको अभिलेख राख्नु पर्दछ । मानव तथा पशुको मलमूत्र उपचार नगरि सिधै ताजा उत्पादनको लागि प्रयोग गर्न पाईदैन । माटो सुधारका लागि प्रयोग हुने रसायन र कम्पोस्टिङ्ग गर्ने स्थान, भण्डार, मिसाउने स्थान र उकाल्ने/ओराल्ने स्थानको व्यवस्था, उत्पादन हुने स्थान र सिचाई स्रोतमा संक्रमण नहुने गरी गर्नु पर्दछ । रासायनिक मल तथा माटो सुधारमा प्रयोग हुने रसायानहरुको खरिद वा प्राप्त गरेको स्रोतको विवरण, त्यस्ता वस्तुको नाम, प्रयोग मिति, प्रयोग दर तथा विधि र प्रयोगकर्ताको नामको अभिलेख राख्नु पर्दछ ।
५) जल (सिचाई र फर्टिगेसन) –सिचाईको लागि वा मल दिनको लागि प्रयोग हुने पानीमा हानिकारक संक्रमण हुनुहुँदैन । यदि संक्रमण भएमा जोखिम मूल्यांकन गरी सुरक्षित विकल्प अपनाउनु पर्दछ । उक्त पानी अन्य उत्पादनको कार्यमा पनि आवश्यक पर्ने हुदा कम्तीमा वार्षिक रुपमा पानी जाँच गर्नु पर्दछ । उत्पादन गर्ने स्थानमा ल्याण्डफिल साईट, अस्पताल र उद्योगहरुबाट निस्काशन भएको पानीलाई सिचाई तथा अन्य उत्पादनको कार्यको निम्ति प्रयोग नगर्ने र त्यस्ता पानीको निष्काशनलाई निषेध गर्ने व्यवस्था मिलाउनु पर्दछ ।
६) बाली संरक्षण उत्पादनहरु वा अन्य कृषि तथा गैर कृषि रसायनहरु–नेपाल सरकारले सिफारिस गरेको विषादीहरु इजाजत प्राप्त विक्रेताबाट मात्र खरिद गर्ने र प्रयोग गर्नु पर्दछ । सिफारिस गरेको दुई वा दुई भन्दा बढी विषादीहरुको मिश्रण तथा मात्रा भन्दा ज्यादा रसायनहरु प्रयोग गर्नु हुँदैन । लेबलमा उल्लेख भए अनुसारको विषादी प्रयोग गर्ने र पर्खनुपर्ने समय अवधिको पूर्ण पालना गर्नु पर्दछ । विषादी प्रयोग गर्ने उपकरणहरुलाई चालु अवस्थामा राख्ने र प्रयोग पश्चात राम्रोसँग सफा गरेर राख्नु पर्दछ । त्यसैगरी प्रयोगमा हुने धुलो तथा तरल विषादीहरुलाई सकेसम्म छुट्टाछुट्टै राख्नु पर्दछ । म्याद सकिएको तथा प्रयोग भैसकेको विषादीको भाडाहरु सुरक्षित स्थानमा राखी प्रविधिकको सल्लाह अनुसार विसर्जन गर्नु पर्दछ । प्रत्येक बालीमा प्रयोग हुने रसायनहरुको विवरण, प्रयोग गर्नुको कारण, उपचारको स्थान, परिमाण, तरिका, प्रयोग मिति र प्रयोगकर्ताको नाम उल्लेख गरी अभिलेख राख्नु पर्दछ । यदि रसायनहरुको अधिकतम अवशेष मात्रा भन्दा बढी पहिचान भएमा त्यस्ता बस्तुहरुको विक्री वितरणमा बन्द गर्नु पर्दछ । गैर कृषि रसायनहरुको ह्याण्डलिङ, भण्डारण र विसर्जन गर्दा खाद्य स्वच्छतालाई जोखिम नहुने गरी गर्नु पर्दछ । एकीकृत शत्रुजीव व्यवस्थापनको प्रयोगबाट रोग तथा कीरा नियन्त्रण गर्नु पर्दछ ।
७) बाली भित्र्याउने र ह्याण्डेलिङ तरिका–उत्पादन भएका बालीहरुलाई टिपेर सोजै माटोमा वा ह्याण्डेलिङ र प्याकेजिङ वा भण्डारण क्षेत्रमा राख्नु हुँदैन ।
८) उपकरण, भाडाकुडा र बस्तुहरु– बाली उत्पादनमा प्रयोग हुने उपकरण, भाडा कुडा र बस्तुहरुलाई संक्रमण नहुने तरिकाले प्रयोग गर्ने र नियमित रुपमा सरसफाई तथा मर्मत सम्भार गर्नु पर्दछ । त्यस्ता उपकरणहरुको प्रयोग गर्नु पूर्व सफा वा ठिक अवस्थामा छ छैन यकीन गरेर मात्र प्रयोग गर्नु पर्दछ । नापजाँच गर्ने उपकरणहरु कम्तिमा एक वर्षमा वा नियमानुसार अंशांकन गर्नु पर्दछ ।
९) भवनहरु र संरचनाहरु–उत्पादित बालीहरुको प्याकेजिङ, ह्याण्डेलिङ र भण्डारणको लागि निर्माण गरिएको भवनहरु संक्रमण विहीन हुनुपर्दछ र यदि संक्रमण हुन सक्ने खतरा ५३ प्रादेशिक कृषि दर्पण वर्ष–१, अङ्क–१ भएमा न्यूनीकरणका उपायहरुलाई व्यवस्थित गर्नु पर्दछ । उत्पादित बालीहरुलाई संक्रमण हुन नदिनको निम्ति ग्रीज, तेल, ईन्धन र कृषि औजारहरुलाई ह्याण्डेलिङ र भण्डारण गर्ने स्थानबाट अलग राख्नु पर्दछ । त्यसै गरी उत्पादन स्थल र सिंचाई स्रोतमा संक्रमणको जोखिम कम गर्न विकार तथा फोहर व्यवस्थापन गर्नु पर्दछ । ह्याण्डेलिङ र भण्डारण गर्ने स्थानहरुमा फुटेका बत्तीहरु, सिसाका टुक्राहरुलाई पूर्ण रुपमा व्यवस्थापन गर्नु पर्दछ ।
१०) सरसफाई– उत्पादित बालीहरुलाई संक्रमण हुन नदिनको निम्ति उपकरण, औजार, भाडाकुडा र अन्य वस्तुहरुको पहिचान गरी नियमित रुपमा सरसफाई गर्नु पर्दछ ।
११) पशु तथा शत्रु जीवको नियन्त्रण– घरपालुवा वस्तुभाउहरुलाई उत्पादनस्थल, ह्याण्डेलिङ, भण्डारण र प्याकेजिङ हुने ठाउँमा सत्रं mमण हनु नदिन घरबाट टाढाराख्नेव्यवस्था मिलाउनुपदर्छ ।
१२) व्यक्तिगत सरसफाई–हामीले उत्पादन गरेका कृषि उपजहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संक्रमण हुन नदिनको लागि कामदारहरुलाई व्यक्तिगत सरसफाईको तालिम तथा लिखित निर्देशन दिनु पर्दछ ।
१३) उत्पादनको उपचार– उत्पादनमा प्रयोग हुने पानी पिउने पानीकै गुणस्तरको हुनुपर्दछ । त्यसैगरी उत्पादनोत्तर प्रयोग हुने रसायन तथा मैनको प्रयोग प्राविधिकको सल्लाह अनुसार प्रयोग गर्नु पर्दछ ।
१४) भण्डारण तथा ढुवानी– कृषि उत्पादन र सम्भावित रासायनिक, जैविक वा भौतिक संक्रमणका स्रोतहरुलाई अलग अलग गरेर ढुवानी गर्नु पर्दछ । ढुवानी गर्ने क्रममा कृषि उत्पादनलाई शितल हुने वातावरण मिलाउने र खाँदेर राख्दा आद्र्रता गुमाउने हुँदा हावा खेल्ने तर संक्रमण नहुने व्यवस्था मिलाउनु पर्दछ । सवारी साधनमा कृषि उत्पादन राख्नु पूर्व सरसफाई, रसायनहरु पोखिएर नपोखिएको वा अन्य बस्तु तथा शत्रुजीव छ/ छैन भनेर जाँच गर्नु पर्दछ ।
१५) अनुरेखता र फिर्ता गर्ने व्यवस्था– हामीले उत्पादन गर्ने कृषि उत्पादन स्थलको नाम वा कोडले पहिचान गर्न सक्ने हुनुपर्दछ र साईटको नक्सामा अभिलेख राख्नु पर्दछ । संक्रमित भएको कृषि उत्पादन बिक्री भएमा उपभोक्ता र क्रेतालाई यथाशीघ्र जानकारी गराउनु पर्दछ । त्यस्ता संक्रमणको कारण अनुसन्धान गर्ने र नदोहोरिन सुधारका कार्यहरु अप्नाउनु पर्दछ ।
१६) तालिम– हामीले उत्पादन गरेको कृषि उपजहरुलाई स्वास्थ्य राख्नको निम्ति उपयुक्त खरिद, ह्याण्डेलिङ, भण्डारण र रसायनको प्रयोग, लेवल लगाउने आवश्यकता, रसायन वा जैविक विषादीको छनौट सहितको तालिम लिएको हुनु पर्दछ । उपभोक्ता वा बजारको आवश्यकता अनुसार रासायनिक अवशेषहरुको जाँच गर्नु पर्दछ ।
१७) कागजात तथा अभिलेखहरु– सबै कागजातहरु न्यूनतम दुई वर्षसम्म वा नियमले बढी राख्नु परेमा सोही अनुरुप राख्नु पर्दछ । त्यसैगरी म्याद गुज्रेका कागजातहरुलाई धुलाई गर्ने र नयाँ कागजातहरुको अध्यावधि गर्नु पर्दछ ।
१८) अभ्यास व्यवहारहरुको पुनरावलोकन– खाद्य स्वच्छता र सुधारका कार्यहरु अध्यावधि गर्न कम्तिमा एक वर्षको एक पटक पुनरावलोकल गर्नु पर्दछ र पुनरावलोकलन र सुधारका कार्यहरुको अभिलेख राख्नु पर्दछ ।
नेपाल असल कृषि अभ्यास प्रमाणिकरण प्रक्रिया
सन्दर्भ सामाग्री
नेपाल असल कृषि अभ्यास, कार्यान्वयन निर्देशिका, २०७५