कृषि प्राविधिक वृतमा एउटा उखान निकै प्रचलित छ “ज्याक अफ अल, मास्टर अफनन्” यसले कृषि प्राविधिकहरुको सीप तथा ज्ञानलाई उजागर गर्दछ । अहिलेको प्रतिस्पर्धी एक्काईसौं शताब्दीमा आफूले काम गर्ने क्षेत्रमा दक्ष भएन भने जिविका चलाउन गाह्रो छ । वर्तमान समयमा समयानुकूल प्रविधि र सीप आफुमा बनाउन अति जरुरी छ । हामी कृषि क्षेत्रका प्राविधिकहरुले के कस्ता सीप तथा दक्षता हासिल गर्नु जरुरी छ त्यसका बारेमा हामी चर्चा गर्दैछौ । तपाई हामीले दैनिक जिवन तथा व्यवसायिक जिवनमा यहाँ उल्लेख गरेका सीप तथा दक्षतालाई हासिल गर्न सकेनौ भने हरेक पाइलामा अप्ठ्यारो हुन्छ ।
कृषि क्षेत्र सधै एउटा अलग व्यवसायिक पहिचान बोकेको क्षेत्र रहेको छ । कुनै पनि व्यवसायिक पेसामा सफल हुन केही निश्चित सीपहरु आवश्यक पर्छ । कृषि प्राविधिकको रुपमा सफल हुन के के आवश्यक पर्छ हामीले जान्नु आवश्यक हुन्छ र त्यही अनुसार हामीले आपूmमा त्यस्ता गुण तथा सीपहरु विकास गर्दा काम गर्न सफल हुनुको साथै व्यवसायिक जिवन सफल र सहज हुन्छ । सीप भनेको कुनै काम गर्नका लागि चाहिने न्यूनतम ज्ञान तथा सीपहरु र व्यवहार पर्दछ । कृषि क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई कस्ता कस्ता सीपको आवश्यकता पर्दछ भन्ने बारेमा संसारका धेरै देशमा अध्ययन तथा अनुसन्धान भएका छन् तर नेपालमा यस किसिमका अध्ययन निकै कम भएका छन् ।
नेपालको कृषि क्षेत्रको विकासका लागि वि.स. १९७८ सालमा कृषि आयोगको स्थापनाबाट सरकारी स्तरबाट कृषि विकासको सुरुवात भएको हो । त्यस पछि वि.स. २००८ सालमा कृषि विभागको स्थापना भएसँगै व्यवसायिक कृषि विकासको सुरुवातको भएको मान्न सकिन्छ । हाल नेपालको कृषि विकासको अवस्था हेर्दा तेस्रो चरणमा रहेको छ । पहिलो नेपालमा प्रजातन्त्र आउनु भन्दा अगाडि वि.स. २०४७ सालको अवस्थालाई लिन सकिन्छ । जिल्लाहरुमा जिल्ला कृषि विकास कार्यालयहरु विस्तार गरी कृषकहरुलाई प्राविधिक सीप तथा ज्ञानहरु दिन सुरु भएको थियो । दोस्रो चरण प्रजातन्त्रको अवधिको रुपमा रहेको छ। यस समयमा नेपालका कृषि क्षेत्रमा व्यापक विस्तार भएको अनुभव गर्न सकिन्छ । कृषकहरुलाई अनुदानदेखि लिएर बजार विकास तथा कृषि क्षेत्र व्यवसायिक हुनुपर्दछ भन्ने बहस निकै चलेको थियो । पहिलो चरणमा स्थापना भएका जिल्ला कृषि विकास कार्यालयहरुलाई स्तरोन्नति गरि विभिन्न विज्ञ तहको प्राविधिक सेवाहरु प्रदान गर्ने गरिरहेको थियो । कृषकहरुलाई ज्ञान सीपका साथ साथ अनुदान मार्फत कृषकहरुलाई व्यवसायिक बनाउन विभिन्न कार्यक्रमहरु समेत संचालन भएको थियो भने कृषि प्राविधिकहरुको क्षमता विकासका लागि विभिन्न किसिमका कार्यक्रमहरु समेत लागू भएको थियो । कृषि प्राविधिकहरुको ज्ञान तथा सीप विकासका लागि छोटो तथा लामो अवधिका शैक्षिक अध्ययन कार्यक्रम तालिम भ्रमण तथा अन्तराष्ट्रिय ज्ञान र सीप साटासाट मार्फत क्षमता अभिवृद्धिहरु भइरहेको थियो ।
गणतन्त्रकोबाल्यवस्था रहेकोबेला नेपालका कृषि क्षेत्रमा व्यापक परिवर्तन भयो । नेपालको एकिकृत कृषिकोक्षेत्रलाई ३ भागमा विभाजन गरियो । कृषकहरुलाई घरदैलोमा सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थानीय तहमा कृषि विकास शाखाकोअवधारणा मार्फत कृषि अधिकृतको नेतृत्व रहने गरी पहिलो तहको सेवा आरम्भ भएको छ । प्रदेश स्तरमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा त्यसका मातहतका कृषि ज्ञान केन्द्रहरु मार्फत दोस्रो तहको सेवाहरु प्रदान गर्दै आएको छ । नेपालको संघीय सरकारका सिधा सम्पर्कमा किसानका लागि कुनैनिकायहरु रहेका छैन । संघीय सरकारको विभिन्न परियोजनाहरु मार्फत कृषकहरुलाईअनुदान तथा प्राविधिक सेवाहरु प्रदान गरी रहेको छ । यसबाट देशका सम्पुर्ण कृषकहरु लाभान्वित हुन सकेका छैन । हाल प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना तथा देशका विभिन्न स्थानमा रहेका सिमित फार्मकेन्द्रहरु मार्फत कृषकहरुलाई प्राविधिक तथा अनुदान सहायता प्रदान गरिरहको छ । यस किसिमका बहुसेवा प्रदायक रहेकोअवस्थामा कृषि प्राविधिकहरु के केसीपमा दक्ष तथा सक्षम हुनुपर्दछ भन्नेविषयमा विस्तृत रुपमा प्रस्तुत गरिएकोछ ।
पहिलोः योजनाको सीप (Program Planning Skill)
योजनाको सीप भनेको आफूले काम गर्ने विषयको आगामी वर्ष वा सो भन्दा बढी अवधिको लागि के के कामहरु गरिने हो सोको लक्ष्य बजेट सहित कार्यक्रम तयार गर्नु हो । योजना राम्रो भयो भने विकास गर्न सजिलो हुन्छ । यस्तै योजनाको सीपमा कृषकहरुको समस्या पहिचान र प्राथमिकीकरण गर्ने आवश्यकताको अधारमा बजेट विनियोजन गर्ने तथा देशले प्राथमिकिकरण गरेका विषयका बारेमा राम्रोसँग अवगत हुनु हो । यसका साथै प्रशासनिक नीतिनियम तथा आर्थिक ऐननियमका बारेमा जानकारी हुनु हो ।
दोस्रोः कार्यक्रम संचालनको सीप (Program Implementation Skills)
कार्यक्रम संचालनको सीपमा फिल्ड स्तरमा कृषि प्रसारका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा संचालन गर्ने बुझिन्छ । कार्यक्रम संचालन गर्दा कर्मचारीबीच कार्य विभाजन तथा जिम्मेवारी बाडँफाड, स्थानीय सरोकारवालाहरुलाई सहभागी गराउने सीप तथा कार्यक्रम संचालन गर्दा द्वन्द व्यवस्थापनका सीपहरु पर्दछ । यसका साथै कार्यक्रम संचालनको कार्ययोजना तथा संचालन गर्ने विधिका बारेमा जानकारी हुनु हो ।
तेस्रोः कृषि शिक्षा तथा सुचना प्रविधिको सीप (Extension Education and Information Technology Skills)
यो भन्नाले कृषि शिक्षाको विस्तारका लागि कस्ता कस्ता साधन तथा प्रविधिहरुको प्रयोग गरिएको हो भन्ने बुझिन्छ । अहिलेको समयमा वेबसाइट, मोबाइल एप, इमले , फसे बकु जस्ता माध्यमबाट कृिष सम्बन्धि सामगी्रहरु प्रचार-प्रसार गर्न सकिन्छ । तालिमहरुमा नयाँ प्रविधिहरुको गरी सिकाइका र्विधिहरु प्रभावकारी बनाएकोछ कि छनै । यसका साथसाथै हाम्रा तथ्याकंहरु संग्रह कसरी गरिएकोछ त्यसको विश्लेषण तथा निष्कर्षकसरी सधुारकोलागि उपयागे गरिन्छ भन्नेहो।
चौथोः संचारको सीप (Communication Skills)
संचार भनेको एक अर्का बीच विचारको आदान प्रदान हो । कृषि प्राविधिक तथा सरोकारवालाहरु बीच कसरी प्रभावकारी संचार गर्ने हो भन्ने सीपलाई बुझाउँछ । प्रभावकारी संचार गर्दा नेपाल जस्तो विविध भाषा तथा संस्कृति भएको देशमा एक अर्काको संस्कृतिलाई सम्मान गरिएको छ कि छैन यस्ता विषयमा समेत ध्यान दिनु आवश्यक छ । कृषि प्राविधिकले संचालन गर्ने कार्यक्रमहरुको प्रचार प्रसार कुन कुन संचार माध्यमहरु रेडियो, टी.भी., ईन्टरनेट आदि बाट कसरी सम्प्रेषण गरिन्छ यी विषयको सीपहरुको जानकारी हुनु आवश्यक छ ।
पाँचौः कार्यक्रम मुल्यांकनको सीप (Program Evaluation Skills)
कार्यालयबाट संचालन भएका कार्यक्रमहरुको अनुगमन तथा मूल्यांकन प्रक्रियाका बारेमा जानकारी हुनु यो सीप हो । कार्यक्रमको मुल्यांकन गर्दा कस्ता कस्ता तथ्यांकहरु आवश्यक पर्छ र ती तथ्यांकहरु संकलन गर्ने विधि तथा प्रक्रियाहरुको बारेमा क्षमता विकास गर्नुपर्दछ । कार्यक्रमहरुको मुल्यांकन गरी निष्कर्ष निकाल्ने तथा त्यसको कार्यक्रम सुधारका लागि प्रयोग गरिने सीपहरु यहाँ पर्दछ । ती सिकाईहरु सरोकारवालाहरुमा प्रतिवेदन मार्फत जानकारी आदान प्रदान गरिने विषयहरु मुल्यांकनमा पर्दछ ।
छैंठौः व्यक्तिगत तथा व्यवसायिक विकासको सीप (Personal and Professional Development Skills)
व्यक्तिगत विकासका योजनाहरु अध्ययन, सेवाकालिन तालिम, गोष्ठी, सेमिनारमा भाग लिने तथा आफ्नो क्षमता विकासका सीपहरु पर्दछन् यसका साथै आफूलाई व्यवसायिक बनाउनको लागि सेवाग्राहीहरु प्रति जिम्मेवार हुने र कृषि प्रसारका काममा उनीहरुको सहभागिताको विषयहरु पर्दछ । सेवाग्राहीलाई प्रदान गर्ने सेवाहरु व्यवसायिक मूल्य र मान्यताका अधारमा छ कि छैन भन्ने हो । कुनै विषयमा जानकारीहरु प्रवाह गर्दा सुचना प्रति जिम्मेवार हुने तथा अनुसन्धानमा आधारित प्रविधिहरुको जानकारी दिने र कृषि प्रसार कार्यक्रमहरुमा सकारात्मक भावना सहित सम्पादन गरिने सीपहरु कृषि प्राविधिकमा हुनु पर्ने सीपमा पर्दछ ।
सातौः सहकर्मी तथा सेवाग्राहीलाई मनोभावनात्मक सहयोगको सीप (Emotional Skills)
सेवाग्राहीहरु प्रति कृषि प्राविधिकहरु कति तत्परताका साथ सेवा प्रदान गर्दछ भन्ने हो । कृषकहरुलाई उनीहरुको काम प्रति कति प्रवल ईच्छाशक्तिका साथ सहयोग गर्ने र व्यक्तिगत आदर सम्मान र स्वाभिमानलाई मध्यनजर गरी व्यवहार देखाउने सीपहरु ख्याल गर्नुपर्दछ । यसका साथ साथै प्राविधिक एक आपसमा कस्ता जोशजाँगर तथा अभिप्रेरणाका साथ कार्यसम्पादन गर्छ भन्ने हो । कृषकको क्षमता अभिवृद्धि गराउनुको साथै उनीहरुलाई गौरवान्वित र कृतज्ञता महसुस हुने गरी कार्य सम्पन्न गरिरहेको सीपहरुलाई मनोभावनात्मक सहयोग भनिन्छ ।
आठौः विषय विज्ञताको सीप (Subject Matter Expertise Skills)
कृषि प्राविधिकहरु आफ्नो विषयमा विज्ञ हुनु जरुरी छ । प्राविधिकहरुले प्रदान गर्ने सेवाहरुमा कृषकहरुलाई यस क्षेत्रको सम्भावित खतरा चुनौती तथा अनिश्चिताको बारेमा सजग बनाएर प्रविधिहरु हस्तान्तरण गर्दा दिगो विकास गर्न सकिन्छ । कृषि क्षेत्रमा उद्यमशिलता तथा कृषिमा अधारित प्रविधिहरु बारेमा कृषकहरुलाई जानकारी दिने क्षमता विषय विज्ञतामा पर्दछ । यसका साथै आफ्नो विज्ञता भएको विषयको अनुसन्धान प्रतिवेदन जर्नल आदिका आधारमा कृषकहरुलाई प्रविधि सिफारिस गर्ने क्षमतालाई बुझाउँछ ।
नवौः स्रोत व्यवस्थापनको सीप (-Resource Management Skills)
अहिलेको समयमा स्रोतहरुको पहिचान गरी समन्वय गर्न सके कुनै पनि काम गर्न समस्या नहुने देखिन्छ । एकै किसिमको काम गर्न धेरै संस्थाहरुले सहयोग गरिरहेका हुन्छ । स्थानीय तह प्रदेश तथा संघीय सरकारवाट पनि अनुदान र अन्य सहयोगहरु हुने भएकोले स्रोतहरुको पहिचान तथा तिनीहरुसँग समन्वय गर्ने सीप भएमा स्रोत व्यवस्थापन मार्फत कृषि प्रसारका कार्यक्रमहरु अझ प्रभावकारी बनाउन सकिन्छ । स्रोत व्यवस्थापनको सीपले कार्यक्रमहरुको संचालन योजना तथा स्रोतको खर्च गर्ने क्षमतामा विकास हुने र बजेट फ्रिज हुने समस्या कम गर्न सकिन्छ ।
दशौं: समन्वयको सीप (Co-ordination Skills)
अहिलेको वर्तमान परिपेक्षमा एकै ठाउँमा एकै प्रकृतिको काममा धेरैवटा संस्थाहरुको सेवा तथा सहयोग भइरहेको हुन्छ यस्तो अवस्थामा ती संस्थाहरु बीच सहयोग र समन्वय हुनु जरुरी छ । समन्वय राम्रो भएमा स्रोतको राम्रो प्रवन्ध तथा कार्यक्रमको प्रभावकारिता वृद्धि हुनुको साथै दोहोरोपनाको समस्या पनि हुँदैन । विभिन्न कृषि क्षेत्रमा काम गर्ने संस्थाहरु बीच समन्वय भएमा महिला तथा विपन्न अल्पसंख्यक जस्ता लक्षित वर्गको समस्या पहिचान तथा उनीहरुको विकासमा सहयोग पुग्छ । यसरी समन्वयको राम्रो सीपको माध्यमवाट कृषि प्रसारका कार्यक्रम मार्फत संकटासन्न तथा लक्षितवर्गको पहिचान गरी त्यस्तावर्गको विकासमा उचित सहयोग हुन्छ । सवै सरोकारवालाहरुको जितको अनुभुतिहनुको साथै पारस्परिक सम्बन्ध राम्रो हुन्छ ।
यहाँ उल्लेख भएका १० वटा सीपहरु हासिल गरी आफूलाई कृषि प्रसारको क्षेत्रमा अब्बल बनाई कृषि विकासमा सहयोग गर्न सकिन्छ । व्यक्ति बलियो भए समाज बलियो हुन्छ समाजबाट नै राष्ट्र समृद्ध हुने भएकोले आफूमा यी सीपको विकास गरी सहकर्मीहरुलाई समेत सहयोग गर्दा आफ्नो व्यक्तित्व र व्यवसायिक जिवन अझ प्रभावकारी बनाउन सकिन्छ । कृषि प्राविधिक सक्षम भए कृषकको विकासमा सहयोग पुग्नुको साथै देशको समाजिक तथा आर्थिक विकास हुन्छ ।